नियम ३
इजाजतपत्र लिनु पर्ने
३. इजाजतपत्र लिनु पर्ने :-
इजाजतपत्र लिन चाहने व्यक्तिले देहायका ढाँचामा दरखास्त दिनुपर्नेछ :-
(क) चलचित्र निर्माण गर्न अनुसूची–१ बमोजिमको ढाँचामा,
(ख) चलचित्र वितरण गर्न अनुसूची–२ बमोजिमको ढाँचामा,
(ग) चलचित्र प्रदर्शन गर्न अनुसूची–३ बमोजिमको ढाँचामा र
(घ) चलचित्र घर निर्माण गरी चलाउन अनुसूची–४ बमोजिमको ढाँचामा ।